सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित



काठमाडौं । सनराइज बैंक भिजा इन्टरनेशनलबाट एक्सिलेन्स इन प्रडक्ट इनोभेसन२०२२ अवार्डबाट सम्मानित भएको छ ।बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटर्वक भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको समुपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ ।

कार्डलेस उइथ ड्रावल, ट्याप एन्ड पे आफ्नै फोटो राख्ने डेबिट कार्ड, मिस्डकल रिचार्ज, अनलाइन अकाउन्ट ओपनिङ आदि हुन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्