खप्तड लघुवित्तको आइपीओ १२ हजार ३४० जनाले पाउने, बाँडफाँट कहिले ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

खप्तड लघुवित्तको आइपीओ १२ हजार ३४० जनाले पाउने, बाँडफाँट कहिले ?



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ प्रि–अलटमेन्ट आज (भदौ १७ गते) गर्ने तयारी गरेको छ । डाटा भेरिफाइ काम सकिएको र आज प्रि–अलटमेन्ट गरेर आइपीओ बाँडफाँट अर्का साता गर्ने तयारी रहेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँट अर्का साताको सोमबार (भदौ २० गते) गर्ने तयारी गरेको छ । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो । उक्त आइपीओमा माग भन्दा बढी आवेदन परेकोले बाँडफाँट गोलाप्रथाद्धारा हुने छ । गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गर्दा १८ लाख ७७ हजार ६७६ जना आवेदकमध्ये १२ हजार ३४० जनाले शेयर पाउने छन् भने बाँकी १८ लाख ६५ हजार ३३५ जनाको हात खाली हुनेछ ।

लघुवित्तले कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणलाई खुला गरेको थियो ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्