श्रृजनशील लघुवित्तको आइपीओमा ५० गुणा बढीको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा १ अर्ब ८६ करोड ६६ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (भदौ १९ गते) आइतबार बिहान १० बजेसम्ममा १६ लाख ९० हजार ६३० जनाले १ करोड ८६ लाख ६६ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५०.६४ गुणा बढी आवेदन हो । उक्त आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले बुधबार (भदौ १५ गते) देखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गरेको हो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ । कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन । यसका साथै सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको