हिमालयन बैंकलाई “उत्कृष्टता इन पीओएस एक्वाइरिङ बिजनेस २०२२” अवार्ड प्रदान

काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, JCB, मास्टरकार्ड, UnionPay एवं भिषा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले उत्कृष्टता इन पीओएस एक्वाइरिङ बिजनेस २०२२” अवार्ड प्राप्त गरेको छ ।
भिषाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गर्नु भएको थियो । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो ATM,POS तथा E-commerce Gateway मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।
बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई Card Acquiring Business गरिरहनुभएका Merchant ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र Diners/Discover ब्राण्डको स्विकार्य थप गरिने बैंकले जनाएको छ ।
हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि POS तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको ।