खप्तड लघुवित्त्को आइपीओ भोलि बाँडफाँट हुदैं, १२ हजार भाग्यमानी मालामाल « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

खप्तड लघुवित्त्को आइपीओ भोलि बाँडफाँट हुदैं, १२ हजार भाग्यमानी मालामाल



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँटका लागि मिति तय भएको छ।

कम्पनीको आइपिओ भोलि अर्थात भदौ २० गते सोमबार बाँडफाँट हुने भएको हो । कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो । उक्त आइपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाद्धारा वितरण हुनेछ । गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गर्दा १८ लाख ७७ हजार ६७६ जना आवेदकमध्ये १२ हजार ३४० जनाले शेयर पाउने छन् भने बाँकी १८ लाख ६५ हजार ३३५ जनाको हात खाली हुनेछ ।

कम्पनीको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणलाई खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्