प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जर जान राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृत « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

प्रभु र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जर जान राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृत



काठमाडौं । नेपाल राष्ट बैंकले प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई मर्जर स्वीकृति दिएको छ । दुबैं बैंकबीच एक आपसमा मर्जरमा जाने साउन १५ गते सम्झौताभएसँगै राष्ट बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो ।

दुबैं बैंकले १ः१ मै मर्जरमा जाने सहमती पत्रमा यस अघि नै हस्ताक्षर गरी सकेका छन् । मर्जरपछि बन्ने संचाललक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।

प्रभु बैंकको चुत्तापुँजी १२ अर्व ७० करोड रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्व ५५ करोड रहेको छ । स्वप रेस्यो १ः१ मा गएसँगै अब २२ अर्वभन्दा बढी चुक्तापुँजी पुग्नेछ । बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन रहनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्