तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् खप्तड लघुवित्तको आईपीओ रिजल्ट

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (भदौ २० गते) बिहान बाँडफाँड गरेको छ ।
जसमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन दिएकोमा १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य गरेको थियो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक प्रभु क्यापिटल वेबसाइटः https://www.prabhucapital.com/
खप्तड लघुवित्तको वेबसाइटः https://khaptadmfi.com.np/
मेरो शेयर : meroshare.cdsc.com.np/#/login