लाभांश पारितका लागि कुमारी क्यापिटलको साधारण सभा आज बस्दैं

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (भदौं २० गते) बस्दै छ । सभा दिउँसो ३ बजे कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा बस्ने गरी बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनिलाई ५ प्रतिशत नगद लाभांश (कर सहित )वितरण गर्ने प्रस्ताब पारित गर्नेछ । यस सभामा अन्य कम्पनी सँग गाभिने गाभ्ने तथा प्राप्ति गर्ने गठित समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ ।