आरम्भ चौतारी लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२० भाद्र २०७९, सोमबार

आरम्भ चौतारी लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक महाप्रबन्धकमा १ जना, व.अधिकृत (विभागीय प्रमुख), अधिकृृत । क.अधिकृत (अनुगमन अधिकृत), क.अधिकृत । सुपरभाईजर । व.सहायक (सूचना प्रविधि) र सुपरभाईजर । व. सहायक । सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको देखि स्नातकोत्तर उत्तिर्णका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौं २० गते) ले १५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय तथा इमले मार्फत आवेदन दिन सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्