कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा माटंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो ।
उक्त सभामाकम्पनिको आ. व. २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानहिसाब, नगदप्रवाहविवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत गरेको हो । साथै, सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४०,००,००,००० को ५ प्रतिशतले हुनआउने रु. २,००,००,००० नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
सभामा बोल्दै अध्यक्ष कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूचविस्तार गरी अझ गुणस्तरीय सेवाप्रदानगर्दै पुँजिबजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाउँदै शेयरधनि कुमारी बैंक लिमिटेड, नियामकनिकायतथासम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्तहुने विश्वास व्यक्त गरेका थिए ।