शाखा कार्यालय संचालनका लागि डेढ कठ्ठा जग्गा खरिद गर्दै हिमालयन बैंक « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

शाखा कार्यालय संचालनका लागि डेढ कठ्ठा जग्गा खरिद गर्दै हिमालयन बैंक



काठमाडौं । हिमालयन बैंकले शाखा कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले बाराको सुवर्ण गाउँपालिका–२ मा शाखा कार्यालय संचालन गर्न जग्गा खरिद गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले उक्त गाउँपालिकादेखि ३०० मिटर वरिपरि (१ कठ्ठादेखि १.५ कठ्ठा ) सम्म मुख्य सडकसंग जोडिएको जग्गा खरिद गर्न लागेको हो ।

उक्त स्थानमा बैंकलाई जग्गा बिक्री गर्न इच्छुक जग्गाधनीहरुले ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनसक्नेछन् ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना:

Tags :

प्रतिक्रिया दिनुहोस्