नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाईनान्सीङका लागि सहमति

काठमाडौं । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाईनान्सीङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिमा हस्ताक्षर गरेसँगै युनिलिभर नेपाल ले आफ्ना तीन जना वितरकहरुलाई बीच च्यानल फाईनान्सीङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो । यो युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पाटनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाईनान्सीङ कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानल फाईनान्सीङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ । युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाईनान्सीङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी दिए ।