एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा विशेष छुट
काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा रहेको मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
सहमति अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल मा ओपीडि चेकअप एण्ड इन्भेस्टिगेसन – इन्डोस्कोपी, एक्स रे, यूएसजि, प्याथोलोजि टेस्ट, जेनेरल वार्ड, एण्ड क्याबिन बेड चार्जेज ) मा १५ प्रतिशत र ओटि चार्जेज, सिटि स्क्यान, आइसियू, एनआइसियू, एचडिओ नर्सरी मा १० प्रतिशतसम्म छुट पाउने छन् ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सात वटै प्रदेशमा गरी एक सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा पुर्याउदैँ आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा पुर्याउनका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।













