कुमारी बैंकको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १८ हजार ९३२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनी महेश सिंहले १७ हजार ९३२ कित्ता र ललित बहादुर केसीले १ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –भदौ २६ गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।
साथै, तोकिएको अवधि भित्र उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।