हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन



काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने भोलि (भदौ २९ गते) अन्तिम म्याद रहेको छ । बैंकले भदौ १५ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला भएको हो । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । उक्त ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ भने सो अवधि भित्र माग अनुसारको आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म भर्न सकिनेछ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्