राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै करार पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले विशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी मागेको हो । उक्त पदको कार्य अवधि १ वर्ष हुने बैंकले जनाएको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौं २७ गते) ले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, मानव संसाधन विभागमा आवेदन दिन सकिनेछ ।