सानिमा क्यापिटलको साधारण सभा असोज २६ गते, १५ % लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल–१, काठमाडौंको सभाकक्षमा साँझ ४ बजे बस्नेछ ।
उक्त सभामा कम्पनीले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५ दशमलव ७८९ प्रतिशतले हुन आउने ३ करोड ९४ लाख ७३ हजार ६८४ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।