सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई नारायणी अस्पताल र सिराईचुली होटलमा छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा,लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडतथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाटअस्पतालका संचालक बिष्णु कुँवरूले हस्ताक्षर गरेका हुन ।
साथै भरतपुर–१०, स्थित सिराइचुलीहोटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेशनशुल्कमा २५ प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका हुन ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।