लगानी गर्ने होइन त ? प्रतिकित्ता रु. ७५० मा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा « Arthapath.com
१७ असार २०८२, मंगलबार

लगानी गर्ने होइन त ? प्रतिकित्ता रु. ७५० मा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आजदेखि १७ हजार ९४३ कित्ता शेयर सर्वसाधारणका लागि लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरीद गर्न संस्थापक शेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी असोज ५ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिमा प्राप्त बोलपत्र असोज ५ गते बुधवार अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्