चर्चित चार बैंक : कसले कति दिन सक्छन् सेयरधनीलाई लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

चर्चित चार बैंक : कसले कति दिन सक्छन् सेयरधनीलाई लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास



काठमाडौं । यस वर्षको लाभांश सिजन सुरु हुन लागेको छ । अब धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाड्ने छन् ।

अहिले तीन बीमा कम्पनी र केही १० वटा म्युचुअल फण्डहरुले आफ्ना सेयधरनीहरुलाई लाभांश घोषणा पनि गरिसकेका छन् । तर, हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका छैनन् ।

यति बेला कुन कम्पनीहरुले कति लाभांश दिन सक्छ वा दिन्छ भन्ने लगानीकताहरुको माँझ चासोको विषय बनेको छ । आज हामीले चर्चित चार बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कति लाभांश दिन सक्छन् भन्ने लगानीकर्ताहरुको उत्सुकता मेटाउन बैंकहरुको लाभांश क्षमता र विगतमा प्रदान गर्दै आएको लाभांश इतिहाँसको केलाउने प्रयास गरेका छौं ।

हामी अब्बल कहलिएका तथा चर्तित ग्लोबल आइएमई, नबिल, एनएमबि र एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लांभांश क्षमता र विगत पाँच वर्षको इतिहाँस केलाएका छौं ।

ग्लोबल आइएमई बैंक :

चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अब्बल बैंकको हो । यो बैंक लगानीकर्ताहरुको रोजाईको सूचीमा पर्दछ ।

बैंक मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्दै आएको छ ।

बैंकले गत आथिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि १७.५२ प्रतिशतले वृद्धि भई १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ कायम भएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले संचालन मुनाफा पनि २६.९० प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको वितरण योग्य मुनाफा पनि १५.८५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत आवका लागि बैंक आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १३.४४ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

यस्तो बैंकको पाँच वर्षको लाभांश इतिहाँस

नबिल बैंक :

नबिल बैंक ठुलो र अब्बल कहलिएको बैंकको रुपमा चर्चित छ । बैंकले आफ्ना सेयरधनीहरुलाई आकर्षित लाभांश प्रदान गर्दै आएको छ ।

नेपाल बंगलदेश बैंकलाई प्राप्ति गरेपछि नबिल अझै बलियो बनेको छ । अब गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।

गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले उक्त लाभांश दिन सक्नेछ ।

नेपाल बंगलादेश बैकलाई प्राप्ति गरेको नबिल बैंकले गत आवमा ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ९.८३ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तो बैंकको पाँच वर्षको लाभांश इतिहाँस

एनएमबि बैंक :

एनएमबि बैंक पनि लगानीकर्ताहरुको रोजाईमा पर्ने बैंक मध्ये एक हो । बैंकले यति बेला आफ्ना सेयरधनीहरुलाई कति लाभांश देला त भन्ने चासोको विषय बनेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई १३.०२ प्रतिशत लाभांश दिन सक्नेछन् । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले उक्त लाभांश दिन सक्नेछ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहको छ ।

बैंकले गत आवको चौंथो त्रैमासमा ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा भने बैैंकको नाफा ३६.५३ प्रतिशतले बढी हो ।

यस्तो छ बैंकको पाँच वर्षको लाभांश इतिहाँस

एनआईसी एशिया बैंक :

गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकले ४ अर्ब २६ करोड ९४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढी हो । बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९.४२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा र चुक्ता पुँजीको आधारमा आफ्ना सेयरधनीहरुलाई १९.४२ प्रतिशत लाभांश दिन सक्नेछ ।

अघिल्लो आव २०७७/७८ मा भने बैंकका सेयरधनीहरुको हात खाली भएको । बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । तर, राष्ट्र बैंकको बैंकको लाभांश रद्द गरेको थियो । राष्ट्र बैंकले बैंकको पुँजी पर्याप्त नदेखिएको भन्दै लाभांश रद्द गरेको हो ।

यस्तो छ बैंकको पाँच वर्षको इतिहाँस


प्रतिक्रिया दिनुहोस्