देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।
सार्वनजिक तथ्याङ अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ भने आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ ।
त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा, कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ भने संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेकोछ ।
साथै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ ।