७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार



काठमाडौं । साउन मसाान्तसम्ममा ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७९ साउनसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका हुन ।

२०७८ साउनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ साउन मसान्तमा १२६ रहेको छ । यस मध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ साउन मसान्तमा ११,५५५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्