साउन मसान्तसम्ममा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

साउन मसान्तसम्ममा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल



काठमाडौं । साउन मसान्तसम्ममा कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा यस्तो बताएको हो ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात २०७९ साउन मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा
सामेल भएका छन् ।

यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन् ।


प्रतिक्रिया दिनुहोस्