यस्तो छ प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

यस्तो छ प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर



काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै आज बैंकले ब्याजदर बढाएका हो ।

बैंकले असोज १ गतेदेखि लागू हुने गरी बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । त्यस्तै, बै.कले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशत तोकेको छ ।

साथै, बैंकले रेमिट्यान्स मुद्धती निक्षेपमा १५.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्