असोज १ गतेदेखि यस्तो छ एभरेष्ट बैंकको नयाँ ब्याजदर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकको बचत खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम ८.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत तथा संस्थागत तर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ ।