कुमारी बैंकले ल्यायो पाँचदेखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

कुमारी बैंकले ल्यायो पाँचदेखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना



काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिकबिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजार देखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरिनिम्नअनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नु हुनेछ ।

यसआवर्ती योजना अन्तर्गत,प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आयवर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने छ ।

आफ्ना देशव्यापी १९८शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदानगर्दै आएको कुमारी बैंकले आगामीदिनहरुमाअझ सुरक्षित, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्