प्रभु बैंकका ग्राहकलाई गुर्जुधारा डेन्टलमा आकर्षक छुट « Arthapath.com
२ आश्विन २०७९, आईतवार

प्रभु बैंकका ग्राहकलाई गुर्जुधारा डेन्टलमा आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयर प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फ बाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रालिका तर्फ बाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त डेन्टल क्लिनिकबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहकहरुले गुर्जुधारा डेन्टल केयर प्रालिद्धारा सञ्चालित“साधारण दन्त उपचार” सेवामा १५प्रतिशत र “जटिल दन्त उपचार”सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयर प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,गुर्जुधारा डेन्टल केयर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुने छ भन्ने बैंकले विश्वास लिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्