हिमालयन बैंकद्धारा मेसिनबाट रकम जम्मा गर्ने सक्ने सीडिएम संचालनमा

काठमाडौं । गत सोमबार हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मसिन (सी.डि.एम) संचालनमा ल्याएको छ । यो सी.डि.एमबाट ग्राहकहरुले कुनै पनि समयमा झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन्।
सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यो सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ ।
बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५सय ४ एटिएम र ६ हजार भन्दा बढी पीओएस टर्मिनलबाट सेवा दिदैं आइरहेको छ ।