भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब बढ्यो, कर्जा प्रवाह कस्तो ? « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब बढ्यो, कर्जा प्रवाह कस्तो ?



काठमाडौं । भदौं महिना भरी नै वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएको छ । भदौभर वाणिज्य बैंकहरुमा निक्षेप ५३ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेसँगै कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको रहेको थियो । भदौ २४ गतेदेखि ३१ गतेसम्ममा मात्र ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरीउको छ । भदौं मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो । भदौं २४ गतेदेखि भदौ ३१ गतेसम्म आइपुग्दा कर्जा प्रवाह समेत ४१ खर्ब ९० अर्ब रुपैयाँले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्