राष्ट्रिय स्तरका विकास बैंक: कुन बैंकका शेयरधनीहरुले कति पाउलान् लाभांश ? यस्तो देखियो विगत « Arthapath.com
५ आश्विन २०७९, बुधबार

राष्ट्रिय स्तरका विकास बैंक: कुन बैंकका शेयरधनीहरुले कति पाउलान् लाभांश ? यस्तो देखियो विगत



काठमाडौं । अब यस वर्षको लाभांश सिजन सुरु लागेको छ । सबैं धितोपत्र बोर्डमा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रतिफल बाड्ने छन् ।

अहिले ४ बीमा कम्पनी र केही १५ वटा म्युचुअल फण्ड र २ हाइड्रोपावरले लाभांश घोषणा गरी सकेको छ । तर हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले भने लाभांश घोषणा गरी सकेका छैन । सके सम्म सबै सूचीकृत कम्पनीहरुले अब केही दिन मै लाभांश घोषण गर्ने छन् । कम्पनीहरुले लाभांश घोषणा गर्ने मिति नजिकिदैं गर्दा शेयरधनीहरु पनि कति लाभांश दिन सक्छन् भन्ने चासो बढेको छ । लाभांश सिजन सुरु भए पश्चात शेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने आंकलन गरीएको छ । त्यस्तै, आज भने हामीमा नेपाल संचालित ८ वटा राष्ट्रिउ स्तरका विकास बैंकले कुनले कति लाभांश लिने क्षमता बोकेका छन् भन्ने बारे चर्चा गरेका छौं ।

गत आवमा आठ राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा गरेका थिए ।

मुक्तिनाथ विकास बैंक

अर्बपति क्लबमा रहेको मुक्तिनाथ विकास बैंकले गत आवमा १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा पनि १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ देखिएको छ । गत आवमा बैंकले आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १४.४२ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले पनि गत आवमा १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि ३१.६६ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख २१ हजार रुपैयाँ पुगेको छ ।गत आवमा बैंकको संचालन नाफा १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । जसको आधारमा बैंकले आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १६.३८ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब २८ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको खुद नाफा ७० करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५८ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त खुद ब्याज आम्दानीमा सुधार आई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ आर्वन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ । वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ४४.२१ प्रतिशतले बढेर ९५ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ९९ लाख रुपैयाँमा सिमित रहेको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६० करोड २४ लाख ७ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा भने ३.९५% ले बढेर ५८ करोड ६१ लाख ३८ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २० प्रतिशतले बढेर ४ अर्ब १ करोड ८ लाख ३ हजार रुपैयाँ रहेको थियो । बैंकले आफ्ना शेयरधनीहरुलाई १४.६१ प्रतिशत लाभांश दिन क्षमता रहेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८।०७९को चौथो त्रैमाससम्ममा खुद नाफा ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो । जुन नाफा ५.४८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी २७.२० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड ६२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा १९ करोड ८६ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । यस वर्ष बैंकले ६.३२ प्रतिशत लाभांश दिने क्षमता रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४५.२९ प्रतिशतले बढेर ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २० करोड ६५ लाख २० हजार रुपैयाँमा सिमित रहेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २०.८८ ले बढेर ३४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर ३ अर्ब १ करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिकबाट ११.५८ प्रतिशत लाभांश दिन सक्नेछन् ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफा ५५.६९ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १० लाख ४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १३ प्रतिशतले बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ । त्यस्तै वितरणयोग्य नाफा १०.१६ प्रतिशतले ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ रहेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई १४.५९ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २८.१० प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष बैंकले ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २४.४४ प्रतिशत र २८.३९ प्रतिशतले बढेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २४.०३ प्रतिशतले बढेर ४७ करोड २ हजार रुपैयाँ पुगेको छ । भने बैंकको चुक्तापूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले यस वर्ष आफ्ना शेयरधनीहरुलाई १२.४३ प्रतिशत लाभांश दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्