प्रभु बैंकका ग्राहकलाई होलीडे क्याम्पमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र कोबाङ्ग, थासाङ्ग स्थितहोलीडे क्याम्प बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलीडे क्याम्प का तर्फबाटप्रोप्राइटर राजु गौचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुलेहोलीडे क्याम्पद्धारा सञ्चालित“फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । उतm सम्झौता अन्तर्गतहोलीडे क्याम्पमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,होलीडे क्याम्प का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।