प्रभु बैंक र केशिज रेष्टुरेन्ट एण्ड बारबिच छुट सम्बन्धी सम्झौता « Arthapath.com
९ आश्विन २०७९, आईतवार

प्रभु बैंक र केशिज रेष्टुरेन्ट एण्ड बारबिच छुट सम्बन्धी सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला रकेशिज रेष्टुरेन्ट एण्ड बार प्रालिका तर्फ बाटप्रोप्राइटर सुबोध शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिद्धारा सञ्चालित“फुड”र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गतकेशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्