सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । सनराइज क्यापिटलले १८ कात्तिकमा बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।


प्रतिक्रिया दिनुहोस्