महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३० हजार १०८ कित्ता सेयर बिक्रीमा गर्ने लागेको हो ।
बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर आवेदन दिने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ३१ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।