कात्तिक २३ गतेदेखि नबिल इन्भेष्टमेन्टले खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने, कति इकाई आवेदन दिने ? « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

कात्तिक २३ गतेदेखि नबिल इन्भेष्टमेन्टले खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने, कति इकाई आवेदन दिने ?



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले खुलामुखी म्युचुअल फण्ड कात्तिक निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्ने लागेको हो ।

प्रतिइकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख इकाई निष्कासन गर्ने लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।

कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाखमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।

उक्त इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ७ गतेसम्म आवेदन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त इकाईमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्