बेस्ट फाइनान्सको नाफा ९५ % ले घट्यो, प्रतिसेयर आम्दानी पनि ओरालो लाग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

बेस्ट फाइनान्सको नाफा ९५ % ले घट्यो, प्रतिसेयर आम्दानी पनि ओरालो लाग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । बेस्ट फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ९५.१० प्रतिशतले घटेर ५९ लाख ३३ हजार रुपैयाँमा सिमित भएको हो । गत वर्षको सोहि अवधिमा भने कम्पनीले १२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफा ओरालो लाग्दा खुद नाफामा प्रभाव पर्ने गएको हो । यसअवधिमा सञ्चालन नाफा पनि ८६.९९ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३९.४३प्रतिशतले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ ८६ पैसा कायम भएको भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६८ पैसा छ । यसको खराब कर्जा बढेर ४.४० प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्