गुडविल फाइनान्सको मुनाफा ओरालो, चुक्तापूँजी ९४ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१४ कार्तिक २०७९, सोमबार

गुडविल फाइनान्सको मुनाफा ओरालो, चुक्तापूँजी ९४ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको छ ।

चालु आर्थिक वर्षको असोज समान्तसम्म आइपुग्दा फाइनान्सको खुद नाफा ४६.०३ प्रतिशतले ओरालो लागेर ३ करोड ८४ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सको खुद नाफा ७ करोड ११ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालना नाफा घटेकाले खुद नाफा ओरालो लागेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ७३ लाख ८४ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा ४ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा फाइनान्सको संचालन नाफा ओरालो लागेको छ भने खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । यस अवधिमा फाइनान्सको संचालन नाफा ४४.३६ प्रतिशतले घटेर ५ करोड ४६ लाख ६१ हजार रुपैयाँ सीमित भएको छ । खुद ब्याज आम्दानी भने ५.०२ प्रतिशतले बढेर १५ करोड २ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ५२ करोड ३ लाख ३३ हजार रुपैयाँ र प्रतिसेयर आम्दानी १६ रुपैयाँ २४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्