आइसीएफसी फाइनान्सको नाफा ३ करोड ३४ लाख, चुक्तापूँजी अर्बपति क्लबमा पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको हो ।
असोज समान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा २९.७९ प्रतिशतले घटेर ३ करोड ३४ लाख ५८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४ करोड ७६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको संचालन नाफा ओरालो लाग्दा हुदाँ मुनाफा पनि घट्न पुगेको हो । कम्पनीको संचालन नाफा २७.०१ प्रतिशतले घटेर ४ करोड ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ६ करोड ८० लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३५ प्रतिशतले बढेर १४ करोड ८८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ३ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी १० प्रतिशतले बढेर १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष १८.७९ प्रतिशतले बढेर ५४ करोड ३ लाख ९० हजार रुपैयाँ, वितरण योग्य नाफा ४२ प्रतिशतले घटेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ, निक्षेप संकलन ३०.३० प्रतिशतले बढेर १८ अर्ब २५ करोड ९३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.७४ रुपैयाँले घटेर ११ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ ।