मल्टीपर्पस फाइनान्सको मुनाफा आकाशियो, यस्ता छन् अन्य सूचक

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा ४ लाख १८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ लाख ५२ हजार खुद नोक्सानीमा रहेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफा ४२.१६ प्रतिशतले बढेर ८८ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ६१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५८ प्रतिशतले घटेर ४९ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
असोज समान्तसम्मको अवधिमा कम्पनीको चुक्तापूँजी १३ प्रतिशतले बढेर ४५ करोड २० लाख रुपैयाँ, जगेडा कोष १७८.५८ प्रतिशतले बढेर ३ करोड ५८ लाख ५१ हजार रुपैयाँ, निक्षेप संकलन २३७.८० प्रतिशतले बढेर १ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा रहेको छ ।