सांग्रिला डेभलपमेन्टको शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने « Arthapath.com
२२ असार २०८२, आईतबार

सांग्रिला डेभलपमेन्टको शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकामा तोकिएको अवधि भित्र विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि कम्पनीले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्