जानकी फाइनान्सको मुनाफामा पहिरो, अधिकाशं सूचक ओरालो लाग्दा प्रतिशेयर आम्दानी पनि घट्यो

काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा पहिरो गएको छ ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ९१.३४ प्रतिशतले घटेर २४ लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ७९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफामा भारी गिरावट आउँदा कम्पनीको खुद नाफामा ओरालो लागेको छ । यस अवधिमा कम्पनीको संचालन नाफा ८९.९३ प्रतिशतले घटेर ३४ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ३ करोड ३९ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा भने सुधार तिर लम्किएको छ । कम्पनीको खुद ब्याज आम्दानी २४.६२ प्रतिशतले बढेर ५ करोड ६ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ६ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ, निक्षेप संकलन १.६६ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ६ लाख ३१ हजार रुपैयाँ र खराब कर्जा १०.०२ प्रतिशत पुगेको छ
फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २५ पैसाले घटेर १ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ भने १३४ रुपैयाँ ८० पैसा छ ।