रिलायन्स फाइनान्सका अधिकाशं सूचक ओराला

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको नाफा ओरालो लागेको हो ।
असोज मसान्तसम्म आइपुग्दा फाइनान्सले ४ करोड २५ लाख ३८ हजार रुपैयाँ खुद घाटा ब्योहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा अवधिमा कम्पनीको खुद नाफा २ करोड १९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा सञ्चालन नाफा पनि ४ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने खुद ब्याज आम्दानी पनि ५१.४७ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक, चुक्ता पुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार रुपैयाँ, जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १६ पैसा नोक्सानमा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा छ ।