महालक्ष्मी विकास बैंक, हिमालयन ह्वाइट हाउस र शुभश्री कलेज बिच साझेदारी « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

महालक्ष्मी विकास बैंक, हिमालयन ह्वाइट हाउस र शुभश्री कलेज बिच साझेदारी



काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग हमति गरेको छ ।


हिमालयन ह्वाइट हाउस र शुभश्री कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सहमति पत्रमा हिमालयन ह्वाइट हाउस कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले, शुभश्री कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलील र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका थिए ।


उक्त सहमति पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रमहरु पुर्याइने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्