एनसीसी बैंकको २२ लाख कित्ता शेयर बिक्रीमा, क-कस्ले आवेदन दिन पाउँछन्

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २२ लाख ३३ हजार २०२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका ९ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बागबजार काठमाडौंमा आवेदन दिन पर्नेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।