सिद्धार्थ बैंकको साढे ६ लाख कित्ता शेयर बिक्रीमा « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

सिद्धार्थ बैंकको साढे ६ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६ लाख ५९ हजार १७० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका २ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकामा सो अवधिमा भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्