सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा विशेष छुट « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा विशेष छुट



काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कात्तिक २० गते आइतवारको दिन दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नु हुनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नु भएको हो । बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५००।– सम्मको छुट प्राप्त गर्न सक्नु हुनेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन सकिने छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्राप्त हुनेछ । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंके लिएको छ ।


प्रतिक्रिया दिनुहोस्