१६ लघुवित्तको वित्तीय रिर्पोटः मुनाफा र प्रतिशेयर आम्दानीमा को कति बलियो ? यस्तो छ एकमुष्ठ विवरण « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

१६ लघुवित्तको वित्तीय रिर्पोटः मुनाफा र प्रतिशेयर आम्दानीमा को कति बलियो ? यस्तो छ एकमुष्ठ विवरण



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण १६ लघुवित्त कम्पनीहरुले सार्वजनिक गरी सकेका छन । बुधबार मात्र ५ लघुवित्त वित्तीय संस्थाहरुले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन ।

हालसम्म सार्वजनिक लघुवित्तको वित्तीय विवरणलाई हेर्दा अधिकांश लघुवित्तले आफ्नो खुद नाफा र प्रतिशेयर आम्दानी घटाएका छन् ।

हालसम्म समिट लघुवित्त, एनआइसी एशिया लघुवित्त, आँधिखोला लघुवित्त, ग्रामीण विकास लघुवित्त, ग्लोबल लघुवित्त, सिभिल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, सिवाईसी नेपाल, छिमेक लघुवित्त, मेरोमाइक्रोफाइनान्स लघुवित्त, कालिका लघुवित्त, आशा लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त र उपकार लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज हामीले आजसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने १६ कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानीलाई तुलना गरेका छौं ।

समीट लघुवित्त
समीट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासम्ममा १ करोड ८५ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष भन्दा ५२.८१ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड २३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यता, नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३९ रुपैयाँ ८८ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २४ रुपैयाँ ८८ पैसाले घटेर १५ रुपैयाँ (वार्षिक) मा झरेको छ ।

एनआईसी एशिया लघुवित्त
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिकसम्ममा ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षै भन्दा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६७ लाख ७५ हजार नाफा गरेको थियो ।

असोज मसान्तसम्म एनआइसी एसिया लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३१ पैसाले घटेर १४ रुपैयाँ ८५ पैसामा सिमित भएको छ । गत आर्थिक वर्ष उक्त आम्दानी ४६ रुपैयाँ १६ पैसा रहेको थियो ।

आँधिखोला लघुवित्त

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा १९ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष भन्दा ७८.७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९३ लाख ४४ हजार रुपैयाँमा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसाले घटेर ७ रुपैयाँ ९६ पैसा रहेको छ । गत आर्थिक वर्षमा भने प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसा रहेको छ ।

ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष भन्दा ५८.१५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ६ करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ १२ पैसा रहेको छ ।

ग्रामीण विकास लघुवित्त
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ९ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा नोक्सानमा रहेको छ ।

सिभिल लघुवित्त
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्त वित्तीय संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा ४९.४९ प्रतिशतले कम हो । गत वर्ष भने १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९१ पैसाले घटेर १० रुपैयाँ ११ पैसा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ०२ पैसा रहेको छ ।

सिवाईसी नेपाल लघुवित्त
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक सम्ममा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४४.७३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

राष्ट्र उत्थान लघुवित्त
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको खुद नाफा ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्ष भन्दा ६९.४६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा भने १ करोड २५ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा रहेको छ ।

कालिका लघुवित्त
कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिकमा १ करोड ३१ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्त्सम्मको तुलनामा भने ७२.२१ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख १७ हजार रुपैयाँ नाफा गरेको थियो ।

असोज समान्तसम्मको अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ९९ पैसाले घटेर १६ रुपैयाँ २१ पैसा रहेको छ ।

गुराँस लघुवित्त
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्त ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गुराँस लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा नोक्सानमा रहेको छ । गत आर्थिक वर्ष भने लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १७ पैसा रहेको छ ।

आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५.०५ प्रतिशतले घटेर ६६ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १ करोड ४७ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३७ पैसाले घटेर ७ रुपैयाँ २४ पैसा रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६१ पैसा रहेको थियो ।

आशा लघुवित्त
आशा लघुवित्तले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मक १ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ६३.७५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड १३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २ पैसा घटेर २२ रुपैयाँ ३ पैसा रहेको छ । गत आर्थिक वर्ष यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ५ पैसा रहेको छ ।

उपकार लघुवित्त
उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्म आइपुग्दा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

छिमेक लघुवित्त
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष असोज मसान्तसम्ममा खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष यसैअवधिमा लघुवित्तले ३ करोड ९४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्मको अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १५ पैसाले बढेर २४ रुपैयाँ ४५ पैसा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेको छ ।

नेष्डो समृद्ध लघुवित्त
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ११.३० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ७ लाख २८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ ।


हालसम्म प्रकाशित १६ लघुवित्तको मध्य ४ लघुवित्तले मात्र आफ्नो मुनाफा बढाएको छ । ति चार लघुवित्तले आफ्नो प्रतिशेयर आम्दानी समेत बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्