गणपति लघुवित्तको मुनाफामा छलाङ, अधिकांश सूचकमा चमक आउँदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा १५४.६९ प्रतिशतले धेरै हो । गत वर्ष सोहि अवधिमा लघुवित्तले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको संचालन नाफा १५४.६८ प्रतिशतले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ३८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ६२ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ३.७५ प्रतिशतले बढेर ३ करोड ६ लाख ३४ हजार रुपैयाँ, सापटी ६.२२ प्रतिशतले बढेर १ अर्ब ५५ करोड २८ हजार रुपैयाँ, निक्षेप संकलन ०.६२ प्रतिशतले घटेर ५६ करोड ९६ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले बढेर ४ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ ।