सानिमा ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सानिमा ग्रोथ फण्डमा आवेदन दिने आज (कात्तिक ३० गते) अन्तिम दिन रहेको छ।सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गरेको हो ।
जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
यो फण्डको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।