थप दुई बैंकसहित एकैपटक पाँच कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

थप दुई बैंकसहित एकैपटक पाँच कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । बुधवार थप दुई बैंकसहित पाँच कम्पनीले लाभांश घोषणा गरेका छन् ।

उक्त नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र माउनटेन इनर्जी नेपालले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।

यस्तै, मेगा बैंकले पनि आफ्ना सेयधनीहरुलाई गत आवको मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यी दुवै बैंकका प्रस्तावित लाभांशम नेपाल राष्ट्र बैंकले स्वकृति भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुने छ ।

त्यसैगरि बुधवार सिद्धार्थ इन्स्योरेन्सले आव २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई प्रिमियर इन्स्योरेन्सँगको मर्जर पश्चात एकीकृत कारोबार भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

यता, प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २९ बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

यी दुवै कम्पनीहरुको प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

यस्तै, माउन्टेन इनर्जी नेपाल कम्पनीले गत आवको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्